'मिस्टर एण्ड मिस टीन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ।
फेलिज इन्टरनेशनलले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको लागि आवेदन खुला गरेको जानकारी दिएको हो।
२०१७ मा पहिलो संस्करण आयोजना भएको थियाे। मिस्टर एण्ड मिस टीनमा १६ वर्षदेखि २१ वर्षसम्मका युवा युवतीहरू सहभागी हुन पाउने छन्।
प्रतियोगिताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने 'टप मोडल अफ युनिभर्समा' नेपालको प्रतिनिधित्व गर्ने अवसरसँगै द ब्रिटिस कलेजमा २० लाख रुपैयाँसम्मको छात्रवृति र आयोजकका तर्फबाट नगद पुरस्कार एक लाख रुपैयाँ तथा विभिन्न उपहारहरू प्राप्त गर्नेछन्।
त्यस्तै फर्स्ट रनरअप तथा सेकेण्ड रनरअपले ब्रिटिस कलेजबाट १५ लाख रुपैयाँसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रवृति प्राप्त गर्नेछन्।
प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत रहेका छन्। यसको अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापाथलीमा हुनेछ।
'मिस्टर एण्ड मिस टीन वर्ल्ड नेपाल' युवा युवतीको व्यक्तित्व विकासमा ठूलो मद्दत पुर्याउने अपेक्षा राखेको आयोजक साहिल खानले बताए।