मिलन आलेमगरले निर्देशन गरेको फिल्म 'हिँड्दा-हिँड्दै' को छायांकन सकिएको छ। कथाअनुसार तीन चरणमा फिल्मको छायांकन गरिएको बताइएको छ।
सुशिल पंगेनीको लेखन तथा निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ, रेखा शाह, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङलगायत कलाकारको अभिनय छ। यो रेखा शाहको डेब्यू फिल्म हो।
नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा छन्। प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्मको छायांकन लिलामा तण्डुकारले गरेका हुन्।
फिल्ममा ताराप्रकाश लिम्बु र किरणमाइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ। यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
प्रेम कथामा तयार भएको फिल्मले भरपुर मनोरञ्जन दिने निर्देशक आलेको दाबी छ।