फेशन एराले आयोजना गरेको ‘लिटल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२’ विजेता इशानी पोद्दार, सुरभी शाक्य र आयश कठायत भएका छन्।
सोमबार साँझ भएको प्रतियोगिताको दोस्रो सिजनमा ग्रुप 'ए'तर्फ इशानी पोद्दार तथा ग्रुप 'बी'तर्फ सुरभी शाक्य र आयश कठायत विजेता घोषणा गरिएको हो। ३० जना प्रतिष्पर्धीबाट उनीहरू विजेता भएका हुन्।
विजेता बनेसँगै उनीहरू डिसेम्बरमा थाइल्याण्डमा हुने ‘किड्स स्टार इन्टरनेशनल २०२२’ मा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्।
१० दिनेसम्म चल्ने प्रतियोगितामा नेपालसँगै २० देखि ३० देशका प्रतिस्पर्धी सहभागी हुनेछन्।
अनुश्मा रायमाझी, रुश्का वैध श्रेष्ठ, हाकिम गुरुङ र माइकल चन्द निर्णायक रहेकाे प्रतियोगितामा ग्रुप 'ए'बाट जुलिना खत्री फर्स्ट रनरअप, सुभ्रन खड्का सेकेन्ड रनरअप र आर्शिय कार्की अर्गनाइजर च्वाइस बनेका छन्।
ग्रुप 'बी'बाट श्रभ्या श्रेष्ठ फर्स्ट रनरअप, दक्षिणा शर्मा सेकेन्ड रनरअप बनेकी छन्।
फेसन एराले २०१७ देखि ब्युटी प्याजेन्ट आयोजना गरिरहेको छ। यसले ‘मिस्टर एण्ड मिस एसइई’, ‘मिस्टर एण्ड मिस टीन’ आयोजना गर्दै आएको छ।
(सबै तस्बिरहरू फेसन एरा)