सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
सोमबार सूचना जारी गर्दै उम्मेदवारको सूची सार्वजनिक गरिएको हो।
असार ५ गते प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका दरखास्तमध्ये १० उम्मेदवार स्वीकृत भएको जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, ललितपुरका नरेशकुमार पौड्याल, इलामकी सुचित्रा श्रेष्ठ, काठमाडौंका दिपक श्रेष्ठ, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुशीलकुमार पोखरेल, सुष्मा कार्की उम्मेदवारको रुपमा छन्।
उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।