नेपालमा छायांकन गरिएको बलिउड फिल्म 'उचाइ' नोभेम्बर ११ अर्थात् कात्तिक २५ गतेदेखि प्रदर्शन हुने भएको छ।
सोमबार निर्देशक सूरज बर्जत्यले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। काठमाडौंदेखि सगरमाथाको फेद नाम्चेसम्म छायांकन गरिएको फिल्ममा बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेका छन्।
मित्रताकाे कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, नीना गुप्ता, डेनी डेङ्जोपाको मुख्य भूमिका रहेको छ भने सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी छन् जसलाई भेट्न अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनीले नेपाल आउँछन्।
राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको छायांकन नेपालमा करिब एक महिना भएको थियो। छायांकनको लागि अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा नेपाल आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि नेपालकाे छायांकनकाे लागि अमिताभ भने आएनन्। सुटिङमा उनकाे ठाउँमा दुप्लिकेट प्रयाेग गरिएकाे थियाे।
मुम्बईमा गरिएको दोस्रो छायांकन तालिकामा नेपालका कलाकारले पनि अभिनय गरेका थिए।