डिजे सन्तोषको 'जाले रुमाल' बोलको नयाँ गीत सार्वजनिक भएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।
गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन्। गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन्।
भिडिओको निर्देशन भने पवित्रा आचार्य (पाउला) ले गरेकी हुन्।
गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगायतको उपस्थिति थियो।
नेपालमा लोकगीतलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ। उनले 'चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइयो, मै छोरी सुन्दरी' लगायत दर्जनौं गीतलाई रिमिक्स गरेका छन्।