बाल कलाकार प्रसुनजंग पोखरेलले थाइल्याण्डको बैंककमा आयोजित 'टीन स्टार इन्टरनेशनल २०२२' मा चौथो स्थान हासिल गरेका छन्।
नेपालको प्रतिनिधित्व गर्दै बैंकक पुगेका उनले ५५ देशका प्रतिस्पर्धीहरूले सहभागिता जनाएको प्रतियोगितामा चौथो स्थान हासिल गरेका हुन्।
काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा अध्ययनरत पोखरेलले प्रतियोगितामा बेस्ट स्विमिङ कस्ट्यूमको उपाधि हात परेका छन्। उनले फ्रेण्डशीप अवार्ड तथा मिस्टर फोटोजेनिक गरी जम्मा चार वटा अवार्ड हात पारेका हुन्।
त्यस्तै, प्रतियोगितामा नेपालकी जेसिका ठकुरीले नेशनल कस्ट्यूम विधामा थर्ड रनर्स अपको उपाधि हात पारेकी छन्। जेसिकाकाले मिस फोटोजेनिकको अवार्ड समेत जितिन् भने नेपालकै लसता महर्जनले पनि मिस फोटोजेनिकको उपाधि हात पारिन्।
बैंककमा आयोजित प्रतियोगितामा ५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीहरू सहभागी थिए। जसमा प्रसुनजंग पोखरेल र जेसिका ठकुरीले प्री टीन (११–१४ उमेर समुह) तथा लसता महर्जनले टीन (१५–१९ उमेर समुह) बीच प्रतिस्पर्धा गरेका थिए।