नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले 'जोय मोडल हन्ट नेपाल २०२२' को शीर्ष उपाधि जितेका छन्।
२६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन्।
शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुवै विजेतालाई नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता 'सुपर मोडल इन्टरनेशनल'मा माेनिका अधिकारीले र 'मिस्टर अटुरिजम वर्ल्ड' मा विवेक खड्कीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
'जोय मोडल हन्ट नेपाल'ले आयोजना गरेको प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फर्स्ट रनर अप स्मृति श्रेष्ठ र सुरज गोयंका सेकेन्ड रनर अप भएका थिए।
प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिस्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फस्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तर्राष्ट्रिय कोरियोग्राफर), राजभाइ सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए।
प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मस्ट इस्टाइलिश, विवेक खड्गी र साइच्छा थापा बेस्ट पर्सनालिटी, सारा राई र कर्मा तोपग्ये बेस्ट वाक, एन्जल राई र उगल लिम्बु मिस्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राटप्रताप सिंह मस्ट फोटोजेनिक, मल्लिका फैजु र मौसमदेवन राई बेस्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सूर्य महर्जन र स्तुति श्रेष्ठ मस्ट पपुलर विजेता बने।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायत उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन्। मोडल हन्ट नेपालको यो सातौं संस्करण हो।