सौन्दर्य प्रतियोगिता 'नेक्स्ट सुपर मोडल नेपाल २०२२' को लागि आवेदन खुला गरिएको छ।
आयोजकले विज्ञप्ती जारी गर्दै सन् २०२२ को लागि आवेदन खुला गरिएको जनाएको हो।
१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाइ हुनुपर्ने प्रावधान राखिएको छ।
ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसन भदौ ११ गतेदेखि सुरु हुनेछ। अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाइन पेमार्फत आफ्नो आवेदन दिन सक्ने आयोजक परमानन्द चौधरी बताए।
आयोजक संस्थाकी व्यवस्थापक स्वस्ती दंगालले अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, र्याम्प वाक, बडी ल्याङ्वेज, फोटोशूट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन्।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरू प्राप्त गर्नेछन्।