अभिनेत्री अदिती बुढाथोकी र धिरज मगर असोज १४ गते प्रदर्शन हुने फिल्म 'बाबरी'को प्रदर्शनको तयारीमा छन्। यो फिल्म प्रदर्शन नहुँदै अदिती र धिरजले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन्।
'बाबरी'की निर्माता पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन्। आफूले निर्माण गरेको पहिलो फिल्म 'बाबरी' प्रदर्शन नहुँदै उनले नयाँ अनटाइटल प्रोजेक्ट घोषणा गरेकी हुन्।
फिल्ममा अदिती र धिरजबाहेक अन्य कलाकार अनुबन्धित भएका छैनन्। निर्माता बुढाथाेकीका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ।
यो फिल्मलाई कसले निर्देशन गर्ने भन्ने पनि टुंगो लागेको छैन। आगामी फागुनदेखि छायांकनमा जाने फिल्मको बारेमा विस्तारै जानकारी दिने निर्माता बुढाथोकीले बताइन्।
'बाबरी'को ट्रेलर र गीत सार्वजनिक भएपछि अदिती र धिरजको जोडीलाई रुचाइको छ। सुरेन्द्र पौडेल निर्देशन गरेको फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य भूमिका छ।