मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगिता 'द नेसनल डिजाइनर रनवे २०२२'को उपाधि सामुयल अकोन्थासले जितेका छन्। उनले उपाधिसँगै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन्।
लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फर्स्ट रनरअपको उपाधि जित्दा ब्ल्याक फिन्सले सेकेण्ड रनरअपको उपाधि हात पारेका छन्। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको निर्णायकमा सविन ढुंगाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए। ‘द नेसनल डिजाइनर रनवे २०२२’को विजेता छनोटअघि विजेतासहित अन्य फेसन डिजाइनरहरूबाट तयार पारिएका पहिरन ६० जना मोडलहरूले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा र्याम्पमा प्रदर्शन गरेका थिए।
मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे। साथै उनले तीन महिनापछि ‘द नेशनल डिजाइनर रनवे विन्टर सिजन’ गर्ने घोषणा गरे।
कार्यक्रममा गायक विनोद ढकालले ‘ब्रुम ब्रुम’ र ‘उकालीमा पनि हजुर रेलै जाँदो रैछ’ बोलको गीत गाएका थिए। ग्लोबल अनलाइन पे तथा जिओपी बजारको प्रायोजनमा आयोजित कार्यक्रमको फेसन स्टाइलिश पार्टनरमा मृगतृष्णा फेसन प्रोडक्सन, जिएसके भर्सटाइल, अर्किड फेसन स्टुडियो, सारा श्रेष्ठ, मायाली क्रियसन र वन्त योर विस थिए।
त्यस्तै मेकअप पार्टनरमा फेसियल हाउस र मेकअप दरबार रहेका थिए।