सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल पिस २०२२' आयोजना हुने भएको छ।
'शान्तिबिना स्थायित्व र स्थायित्वबिना समृद्ध र विकसित समाज सम्भव छैन। त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभई आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो' भने नारासहित मिसेस नेपाल आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला गरेको जानकारी दिएको छ।
प्रतियोगिताको ब्रान्ड एम्बेस्डर अभिनेत्री ऋचा शर्मा छन् भने कार्यक्रमका कोरियोग्राफर राेजिन शाक्य हुन्।
यस प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित वा डिभोर्सी महिलाले सहभागिता जनाउन सक्नेछन्। तौल र उचाइको पनि मापदण्ड नभएको आयोजकले बताएका छन्।
एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगिताको पहिलो संस्करणको अडिसन यही भदौ १८ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।