नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा गत शुक्रबार तीज उत्सव मनाइएको छ। साथै 'सिपस्टर बाई अनानिक' को उद्घाटन पनि गरिएको छ।
तीज विशेष र 'सिपस्टर बाई अनानिक' को उद्घाटन कार्यक्रममा मास्टर सेफ सन्तोष साह, कलाकारहरू दीपाश्री निरौला, स्वस्तिमा खड्का, मलिका महत, धीरज मगर, अदिती बुढाथोकी, मिस नेपाल प्रियंका रानी जोशी, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अनुष्का श्रेष्ठ, अश्मी श्रेष्ठ र मलिना जोशी, मेकअप आर्टिस्ट आकृति राजभण्डारी तथा फिल्म ‘बाबरी’ को टिम, सामाजिक अभियन्ता बन्दना राणा, सांसद नवीना लामा र उनका साथीहरू एवं १४ वटा हिमालको सफल आरोहण गर्ने फोर्टिन्थ पिक विजेता टिम र मिङ्मा डेभिड शेर्पा, सञ्चारकर्मी ओसिन सिटौला, डा. सुर्जना श्रेष्ठ, यती एयरलाइन्सकी चन्दा राई शेर्पा लगायत उपस्थित थिए।
'सिपस्टर बाई अनानिक' को उद्घाटन उपस्थित सबै सेलेब्रेटीले संयुक्त रूपमा गरेका थिए।
अनानिक ब्युटी सैलुनका सञ्चालक सुर्विन राईले जीवन खुसी बनाउन सहयोग पुग्ने विश्वासमा गत वर्षजस्तै तीज मनाइएको बताए।
'अनानिक ब्युटी सैलुनको क्षेत्रफल रिनोभेसन गरेर दोब्बर फराकिलो बनाएका छौं,' उनले भने, 'उत्तरतर्फ अनानिक ब्युटी सैलुन स्कुल र दक्षिणतर्फ सिपस्टर बाई अनानिक खोलेका छौं।'
राईले ब्युटी व्यवसाय हुँदै आफ्नो यात्रा फुड एन्ड बेभरेज (क्याफे बार) व्यवसायतिर पनि विस्तार भइरहेको बताए।
तीज कार्यक्रमका लागि खानाका परिकार मास्टर सेफ साह आफैंले तयार पारेका थिए। सेफ सन्तोषका नेपाली मौलिक परिकारको स्वाद र गीतहरूमा नृत्य गदै सेलेब्रेटीहरूले तीज मनाएका थिए।