नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न भएको छ।
पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ शनिबार एक कार्यक्रम आयोजना गर्दै अवार्ड सम्पन्न गरिएको हो। कार्यक्रममा दर्जनौ कलाकारसँगै सौन्दर्य विधामा सक्रिय व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मान गरिएको थियो।
अभिनेत्री स्वस्तिमा खड्काले विशेष विधा अर्न्तगत पपुलर सिने स्टार अवार्ड हात पारिन्। मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान गरियो।
मोडल तथा अभिनेता दिक्पाल कार्कीले आइकोनिक पपुलर मोडल अवार्ड हात पार्दा सुक्निता चौलागाईंले पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्डष्ट्रीको अवार्ड पाइन्।
त्यस्तै एभरग्रीन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रीन भ्वाइस अवार्डबाट गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राईलाई सम्मान गरियो।
स्नेहा राना आइकोनिक मेकअप आर्टिस्ट, तेन्जिङ भुटिया आइकोनिक फेसन डिजाइनर, रोजिन शाक्य आइकोनिक फेसन कोरियोग्राफर अवार्डबाट सम्मानित भए। त्यस्तै स्पेसल हिरो अवार्डबाट धर्मबहादुर बानियाँ, प्रभावशाली समाजिक अभियान्ता अवार्डबाट सावित्री शाह, आइकोनिक लोक गायिका अवार्डबाट राधा हमाल बानियाँ, सोसियल वेलफेयर वर्कर अवार्डबाट मनु बान्तामगर सम्मानित भए।
त्यस्तै इमर्जिङ तथा एस्पायरिङ विधा अर्न्तगत इमर्जिङ फेसन डिजाइन सरस्वती अधिकारी, इमर्जिङ मेकअप आर्टिस्ट निशा थापा, एस्पायरिङ मेकअप आर्टिस्ट तविता राई, पपुलर टाइटल विजेता मिस केञ्जल योङहाङ, पपुलर टाइटल विनर मिसेस समुदाय विधा अर्न्तगत भिष्मा नेम्बाङ, पपुलर पेजेन्ट मेकअप आर्टिस्ट पवित्रा सुब्बा तामाङ, पपुलर मेकअप आर्टिस्ट सजना खतिवडाले अवार्ड जिते।
प्रमुख विधा अर्न्तगत बेस्ट टाइटल विनर मिसेस निता लिंदेन, बेस्ट इभेन्ट मेकअप आर्टिस्ट सविना तामाङ, बेस्ट फेसन मोडल निङ्ग्मा लमु शेर्पा, बेस्ट फेसन मोडल टिन, जेनिभा मर्हजन, बेस्ट पेजेन्ट मेकअप आर्टिस्ट गीता राई र बेस्ट टाइटल विनर प्रोफेसन विधामा मञ्जु थापाले अवार्ड उचाले।
कार्यक्रमको बारेमा बोल्दै प्रबन्ध निर्देशक हिमानी सुब्बाले नेपाली फिल्म, सांगीतिक क्षेत्रसँगै फेसन तथा मोडलिङ क्षेत्रको व्याक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्य पूरा भएको बताइन्।
आयोजनक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो। जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ।