फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन्।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष तर्फबाट सिफारिस गरेको हो।
'म पेसागत रुपमा फिल्मकर्मी भए पनि पार्टीमा पहिलादेखि नै राजनीतिमा सक्रिय थिए। पछिल्लो समय चुनाव नजिकिएसँगै पार्टीको लागि जिम्मेवारी बढेको महसुस भइरहेको छ। म फिल्म क्षेत्र र राजनीति दुवैमा निरन्तरता दिनेछु,’ वितरक श्रेष्ठले सेतोपाटीसँग भने।
पार्टीको बागमती प्रदेशको अध्यक्ष समेत रहेकाले उनी यसअघि उपाध्यक्ष थिए।
‘ओम’, ‘जंजीर’ फिल्मको निर्माण गरेका उनले ‘जवाफ’, ‘सम्झिदिए पुग्छ’, ‘म छु नी तिम्रो’, ‘ह्याप्पी न्यू इयर’ लगायतका फिल्ममा अभिनय गरेका छन्।