गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छन्।
उनले 'म गुनासो के को गरुँ' बोलको गीत सार्वजनिक गरेकी हुन्। मनभित्र गुम्सिएका भावनाहरू पोखिएको गीतको भिडिओमा अभिनेता धिरेन शाक्य र पूर्वमिस नेपाल उषा खड्गीलाई देख्न सकिन्छ।
राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ। गीतको भिडिओलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।
उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई माधव बेलवासेले सम्पादन गरेका छन्।