नेपाल भाषाको फिल्म 'इन्दिरा घिमे मैंचा'को शुभ मुहूर्त गरिएको छ।
सोमबार भक्तपुरको कमलविनायकमा फिल्मको शुभ मुहूर्त गरिएको हो। यो फिल्म नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ।
आगामी असोज १० गतेदेखि फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमले बताएका छन्। फिल्मलाई सोहन मानन्धरले छायांकन गर्नेछन्।
बिके फिल्म्सको ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ। गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन्।
फिल्मको सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन्।
फिल्ममा इन्दिरा लाछिमस्युसँगै गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, रामराजा भाम, सिम्रिक श्रेष्ठलगायत कलाकारको अभिनय रहने छ।