अभिनेत्री ऋचा शर्मालाई मानार्थ 'मिसेस नेपाल पिस’ को उपाधि प्रदान गरिएको छ। प्रतियोगीतामा राजभाइ सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा निर्णयक रहेका थिए।
‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन्। २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि जितेकी हुन्। उनलाई अभिनेत्री ऋचाले ताज पहिराएकी थिइन्।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फर्स्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए।
एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको व्यवस्थापन रहेको प्रतियोगीतामा पब्लिक च्वाइस अञ्जु ढुंगाना, भ्युअर्स च्वाइस बिनिता प्रधान, मिसेस ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए।
प्रतियोगीता उमेर समूह, विवाहित, डिभोर्सी, तौल, उचाइको कुनै पनि मापदण्ड नराखिएको आयोजक एमी रौनियारले बताइन्।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्लालगायत प्रतियोगी आजीवन सद्भावना दूत समेत नियुक्त भएका छन्।