गायक कमल खत्री र मेलिना मैनालीले बिहे गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गायक खत्रीले आफूहरूले विवाह गरेको जानकारी दिएका हुन्।
घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले विवाह गरेको उनले बताएका छन्।
‘बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरूआत गरेका छौं’, उनले भनेका छन्,‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौं।’