असोज २१ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ।
सम्पादन गरिएको यो फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ। २ घण्टा ७ मिनेट लामो फिल्मलाई निर्माण पक्षले करिब ५ मिनेटभन्दा बढी काँटछाँट गरेको हो।
‘हामीले शुक्रबारदेखि सम्पादित गरेर पठाउँदैछौं। फिल्मको समय केही घटाएका छौं। ध्वनिमा पनि परिवर्तन गरिएको छ,’ निर्माता किरण नेपालीले भने।
फिल्मले दोस्रो सातामा पनि दर्शकको साथ राम्रो पाएको छ। निर्माताका अनुसार यो फिल्म पहिलो सातामै मुनाफामा गएको छ। फिल्मले एक सातामा ४ कराेड ५० लाख कमाएकाे छ।
तिहारमा पनि फिल्मले राम्रो व्यापार गर्ने निर्माताको आशा छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेकाे फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।
फिल्ममा दुई साथीको मित्रतालाई देखाइएको छ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।