आर्टुडिओको अन्तर्रास्ट्रिय कला रेसिडेन्टका कलाकार युरी अल्भिट्सले सार्वजनिक ठाउँमा आफ्नो खुला कला प्रदर्शनी गरेका छन्।
उनले ग्यालरीका रूपमा प्रयोग गर्दै शनिबार विष्णुमती नदीको खुला ठाउँमा आयोजना हुने ‘ह्याफजार्ड’ शीर्षकमा आफ्नो कला प्रदर्शनी प्रस्तुत गरेका हुन्।
सार्वजनिक कला प्रदर्शनीको रूपमा डल्लु पुल, विष्णुमती नदीमा दिउँसो १ बजेदेखि निःशुल्क कला प्रदर्शन गरिनेछ।
‘ह्याफाजार्ड’ कला प्रदर्शनीले काठमाडौंका नदीहरूमा जे देखिन्छ, त्यसैको भाव अमूर्त कथात्मक कलाको मिश्रणमा व्यक्त गरिएको छ।
‘जब म यहाँ आइपुगे, मलाई साँच्चै स्तब्ध पार्ने पहिलो कुरा यो थियो कि नदीहरू यति प्रदूषित र फोहोर थिए। तिनीहरूबाट केही बनाउन चाहन्छु,’ उनले भने।
आर्टुडिओको अन्तर्राष्ट्रिय कलाकार रेसिडेन्सीले अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकदेखि छ महिनासम्म कला सिर्जना गर्न र अभ्यास गर्न ठाउँ प्रदान गर्दछ।