काठमाडौंमा शनिबार साँझ एक रेडकार्पेट फेसन शो 'काठमाडौं फेसन गाला' सम्पन्न भएको छ।
नेपालको फेसन ब्रान्ड 'कासा' ले आफ्नो पाचौं वार्षिकोत्सवको अवसरमा उक्त फेसन शोको आयोजना गरेको हो।
नेपालका चर्चित कलाकारहरूको बाक्लो उपस्थितिमा भएको उक्त फेसन शोमा विभिन्न मोडल तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।
आयोजक संस्थाले निकट भविष्यमा सगरमाथामा 'द एभरेस्ट शो' पनि आयोजना गर्ने बताएको छ।
उसले नेपालबाटै पहिलोपटक सगरमाथामा फेसन शो गरेर विश्व रेकर्ड कायम राख्ने पनि बताएको छ।