नेपाली फिल्मका कलाकारहरूको पहिरनप्रति आम मानिसको चासो हुन्छ। कलाकारहरू पनि सार्वजनिक कार्यक्रममा उत्कृष्ट र फरक पहिरनमा देखिन चाहन्छन्।
१५ वर्षदेखि सौन्दर्य व्यवसायमा व्यस्त फेसियल हाउसकी संचालक सुष्मा महरा पहिरनको मामालामा अभिनेत्री स्वस्तिमा खड्का सबैभन्दा अगाडि रहेको बताउँछिन्।
फेसियल हाउसको १५ औं वार्षिकोत्सवमा मिडियासँग कुरा गर्दै सुष्माले भनिन्, ‘हामी यही क्षेत्रमा काम गर्ने भएकाले पहिरन र मेकअपमा कसले बढी ध्यान दिन्छन् भन्ने थाहा पाउँछौं। यो कुरामा मलाई स्वस्तिमा खड्का अब्बल लाग्छ।’
मेकअपमा मोडल तथा नायिका करुणा श्रेष्ठ अगाडि रहेको उनको तर्क छ।
‘करुणा श्रेष्ठलाई धेरै मेकअप नै गर्न पर्दैन। थोरै मेकअपमा नै उनी निक्कै राम्रो देखिन्छिन्। उनको मैले धेरै पटक मेकअप गरेकी छु। उनको थोरै मेकअपमा पनि चाडै खुल्छ। उनको हाइटदेखि सुन्दरता पनि साह्रै राम्रो छ,’ उनले भनिन्।
सुष्माले सौन्दर्य व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रो भएको बताइन्।
‘जति धेरै प्रतिस्पर्धा हुँदै जान्छ, उति नै सबैलाई राम्रो गरौं भन्ने हुन्छ। त्यसैले मलाई प्रतिस्पर्धा भएकै मनपर्छ,’ उनले भनिन्।