सौरभ चौधरीको निर्देशनमा फिल्म 'अगस्त्य' बन्ने भएको छ।
डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्ममा केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहनेछ।
यो फिल्म च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुन लागेको हो। फिल्मको दुवै भागको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन्। फिल्मको दुवै भागको कथा तयार भइसकेको छ।
सस्पेन्स थ्रिलर फिल्ममा प्रकाश मल्ल र अनिस तामाङको लगानी रहनेछ।
नेपाल र भारतमा छायांकन हुने फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको निर्देशक सौरभले बताए। ‘करिब ३ वर्षदेखि म यो प्रोजेक्टमा काम गरिरहेको छु,’ सौभरले भने।
राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार छनौट क्रममा छन्।
सौरभले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए।