राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले काठमाडौंको धुम्बाराहीस्थित 'धुम्बाराही लायन वृद्धाश्रम नेपाल' मा आश्रीत वृद्धवृद्धालाई सहयोग गरेको छ।
चिसो बढ्दै जाँदा वृद्धाश्रममा आश्रीत वृद्धवृद्धालाई न्यानो कम्बलसहित खाद्यान्न, फलफूल र नगद सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी दिए।
कला क्षेत्रका विभिन्न विधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरू आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा सांस्कृतिक प्रस्तुति गरेको थियो।
कलाकारहरूले भजन गाउन थालेपछि वृद्धाश्रम आश्रीत बुबाआमाले नाचगान गर्दै रमाइलो गरेका थिए।
सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाईं, महासचिव दिपक शर्मा, सचिव सुजाता केसी, कोषाध्यक्ष नारायण थापासहित सदस्यहरू रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुवेदी, प्रतिक्षा काफ्ले, उक्तम अधिकारी, भद्र ओली, शिलन लम्साललगायत उपस्थित थिए।
९ वर्षअघि स्थापना भएको वृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन्। आमाहरूका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले बताए।