गायक समिर आचार्य र विद्या तिवारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
नेपमेलो नामक युट्युब च्यानलमार्फत ‘गीत- साइला बोल्नै छाडेऊ नि’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा गायक आचार्यकै शब्द तथा संगीत रहेको छ।
यो समाचार तयार पार्दा १ लाख ७३ हजारभन्दा बढी भ्युज पाएको छ भने युट्युब ट्रेन्डिङको २९ नम्बरमा छ।
मोहित मुनालको संगीत संयोजक रहेको गीतमा धर्म गन्दर्भले सारंगीमा साथ दिएका छन्। गीतको भिडिओमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्यको अभिनय छ। राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडिओलाई बुद्ध थापाले छायांकन गरेका हुन्।
यो म्युजिक भिडिओलाई शान थापाले निर्देशन गरेका हुन्। फरक शैलीको नयाँ गीतलाई पहिलेका गीतहरू झैं दर्शक स्रोताले रूचाउनेमा आफू विश्वस्त रहेको गायक समीर आचार्यले बताए।
गायक समिरले दुनियाँ बेग्लै छ, हैन भन्देऊ न माया, पिच रोड, लभ लेटर, घाममा सुकाइदेऊ, झम्के माया जस्ता हिट गीत गाएका छन्।