निर्देशक दिपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म 'भष्मे डन' मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको हो। फिल्ममा स्वस्तिमा विपिन कार्की अर्थात् ‘भष्मे डन’ को साथमा देखिनेछिन्।
दिपेन्द्र र खगेन्द लामिछाने मिलेर निर्माण गर्न लागेको फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकारको पनि अभिनय रहनेछ।
सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिए।
‘पशुपति प्रसाद’ को चर्चित पात्र ‘भष्मे डन’ माथि फिल्म निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’ मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने फिल्मको पर्दामा देखिने छैनन्।
‘पशुपति प्रसाद’ मा पशुपति मरेपछि फिल्म सकिएको थियो। ‘पशुपति प्रसाद’ मा विपिनले निर्वाह गरेको ‘भष्मे डन’ काे पात्र लोकप्रिय भएको थियो। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्।
यो फिल्म फागुनको दोस्रो साताबाट छायांकनमा जाने बताएको छ।