नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्याएकोमा चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मान गरिएको छ।
मध्यपुरथिमि नगरपालिकाको दुई पोखरीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अश्विनीलाई बधाईसहित सम्मान पत्र प्रदान गर्दै उनको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले अश्विनीलाई सम्मान पत्र प्रदान गर्दा मानव सेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ,
वरिष्ठ अभिनेत्री गौरी मल्ल र बसुन्धरा भुसाल उपस्थित थिए।
‘राष्ट्रिय सौन्दर्य प्रतियोगिता र फेसन कोरियोग्राफर सम्मानले मेरो पोर्टफोलियोलाई सजाएको छ र आगामी दिनमा थप मेहनत गर्ने ऊर्जा दिएको छ’, झाले आफ्नो मन्तव्यमा भने।
उनले कला र कलाकारको उत्थानमा देखाएको मायाका लागि आयोजक एपिक नेपाल, सहआयोजक सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक र जनस्तरको सम्मानले उनीजस्ता कलाकार र युवा पुस्तालाई नेपालमा फेसन र प्यान्ट्री क्षेत्रलाई उत्प्रेरित गर्न र उत्थान गर्न प्रोत्साहित गर्नेछ।
उनले आफ्नो ग्रुमिङ क्लास मोडलमा मात्र सीमित नभई फेसन डिजाइनिङ र स्टाइलिङ उद्योगमा आफ्नो भविष्य खोज्ने व्यक्तिहरूका लागि पनि उत्तिकै फाइदाजनक रहेको बताए।