लोकगायक भीम पौडेलको मृत्यु भएको छ। उनको स्याङ्जास्थित घरमा बिहीबार बेलुका १२ बजे मृत्यु भएको हो।
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनलाई निमोनिया भएको थियो। त्यसयता उनी घरमै आराम गरिरहेका थिए।
पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने दाहालले बताए।
पछिल्लो समय गायक पौडेल आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। उनले केही समयअघि पोखरा विमान दुर्घटनामा परेकी गायिका निरा छन्त्यालसँग पनि लाइभ दोहोरीमा गीत गाएका थिए।
उनले तिम्रो सिउँदो भर्न सकिनँ, रुमालै बैना, मरे मत मरेलगायत गीतमा स्वर दिएका छन्।