पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह बलिउड फिल्म 'पठान' हेर्न हल पुगेका छन्।
उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुगेका हुन्।
दरबार सिनेम्याक्सले केही तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएको छ।
‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौं। तपाईंहरूलाई फेरि स्वागत गर्न तत्पर हुनेछौं,’ दरबार सिनेम्याक्सले आफ्नो फेसबुकमा लेखेको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्।
निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।
सबै तस्बिर दरबार सिनेम्याक्सकाे फेसबुकबाट