दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म 'नांगो गाउँ' मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन्।
निर्माण टिमले साम्राज्ञी र कार्मसँग सोमबार कागजी सम्झौता गरेका हुन्। उनीहरूले फिल्ममा आफूहरूको भूमिका मन परेर जोडिएको बताएका छन्।
‘मलाई साम्राज्ञी र कार्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो। यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुरेको छ,’ निर्देशक लामाले भने।
साम्राज्ञी र कार्मले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन्। यसअघि फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अनुबन्धित भइसकेका छन्। साम्राज्ञी र कार्म अनुबन्धित भएसँगै कलाकारको लाइनअप पुरा भएको छ।
आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहनेछ।
मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ। हिमाल शर्माको लगानी रहेकाे फिल्म काभ्रेमा खिचिनेछ।
केही समयअघि कार्मले आफ्नो नाम कर्मा नभएको बताएका थिए। उनले एक प्रेसमिटमा आफूलाई कार्म भनेर बोलाउन आग्रह गरेका थिए।