सिजनको सहिद स्मारक ए डिभिजन लिग सुरू हुन दश दिन बाँकी छ।
फागुन १९ देखि हुने लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी अन्तिम चरणमा पुर्याइसकेको छ।
यो सिजनको लिग डबल राउन्ड रोबिनका आधारमा हुँदैछ।
एन्फाले लिगका खेल लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सञ्चालन गर्दैछ। तर लिग सुरू हुन दश दिनअघि दशरथ रंगशालामा कन्सर्ट आयोजना हुँदैछ।
‘नेभरल्यान्ड कन्सर्ट २०२३’ मंगलबार साँझ आयोजना हुन लागेको हो।
यसअघि एन्फाले लिग सुरू हुनअघि मैदानमा कन्सर्ट हुन लागेकोमा असन्तुष्टि जनाएको थियो।
राष्ट्रिय खेलकुद परिषदअन्तर्गत रहेको दशरथ रंगशालालाई भाडामा दिने अधिकार परिषदको हुन्छ।
परिषदले फुटबल खेलका लागि एन्फालाई नि:शुल्क मैदान उपलब्ध गराउने गरेको छ।
खेलबाहेकका अरू कार्यक्रमको लागि परिषदले मैदान दिँदा आलोचना हुने गरेको छ।
तस्बिरहरू: