नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) पुन: निर्वाचित भएका छन्।
बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। उनी अध्यक्षमा निर्वाचन भएको यो तेस्रो पटक हो। यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए।
'मैले २०७२ र २०७५ सालमा चुनाव लडेर अध्यक्ष पद हासिल गरेकाे थिएँ। यसपालि सर्वसम्मत अध्यक्ष निर्वािचत भएकाे छु,' अध्यक्ष लामाले भने।
उनीसँगै अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएका छन्। युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल निर्वाचित हँदा सचिवमा श्यामकुमार बराल निर्वाचित भएका छन्।
सदस्यहरुमा नमराज उप्रेती, लालसिंह थोकर, विनोद सुवेदी, गोपाल राय, विजय बस्याल, ईश्वर घिमिरे, रीतु राना, मनोज जोशी, अजय रेग्मी, नारायण गुरुङ र विष्णुप्रसाद घिमिरे (कल्पित) निर्वाचित भएका छन्।