फोटो काठमाडौं फोटोग्राफी फेस्टिभलको पाँचौं संस्करण भोलिदेखि सुरू हुने भएको छ।
भोलिदेखि चैत १७ गतेसम्म ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैंचामा कार्यक्रम हुने फोटोसर्कलले जनाएको छ।
फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन्। प्रवचन र कार्यशाला प्रशिक्षण गर्नेछन् तथा परामर्श एवं रेजिडेन्सी कार्यक्रममा सहभागी हुनेछन्।
ललितपुरका ६ विभिन्न स्थानका प्रदर्शनीस्थल चैत १७ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुला रहनेछ।