सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज सञ्चालनमा आएको छ।
शुक्रबार हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए। ‘सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा हो। सहरमा मात्र होइन गाउँ गाउँमा सिनेमा हल खोल्नुपर्छ,’ उनले भने।
नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ।
दुई पर्दा रहेकाे सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ। करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ।
बिहीबार हल सञ्चालनको उपलक्ष्यमा बलिउड फिल्म ‘पठान’ र नेपाली फिल्म ‘फूलबारी’ देखाइएको थियो। हलमा शुक्रबारदेखि नेपाली फिल्म ‘२.० छड्के’ र ‘छक्का पन्जा ४ रिलिज भएका छन्।