अभिनेत्री निशा अधिकारीले श्रीमान शरद भेषावकरविरूद्ध अंश मुद्दा हालेकी छन्।
जिल्ला अदालतको वेबसाइटमा उल्लेख भएअनुसार अधिकारीले गत भदौमा भेषावकरसँग अंश माग मुद्दा दायर गरेकी हुन्।
उक्त मुद्दामा प्रक्रिया अघि बढाउँदै जिल्ला अदालत काठमाडौंले भेषावकरलाई सम्पत्तिको फाँटबारी (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) पेस गर्न आदेश दिएको छ। न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार यस्तो आदेश गरेको हो।
लामो समय प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरको २०७४ सालमा बिहे भएको थियो। उनीहरूका एक छोरा छन्।
अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन्।