इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' को फिल्ड अहिले नेपालको विभिन्न सहरहरूमा भइरहेको छ।
यसै क्रममा काठमाडौं अडिसन चैत ४ र ५ गते हुने भएको छ। आयोजक कम्पनी को अनुसार प्राविधिक कारणले गर्दा अडिसन एक हप्ता पछाडि सरेको हो।
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्नेछ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्। साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
‘मेरो डान्स युनिभर्स’ को संस्कृतिक समुह विधामा सहभागी हुन चाहनेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनुपर्छ। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्छ।
यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै, ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत्सहभागिताको अपेक्षा राखेको छ।