हेमन्त शर्मा र एलिना चौहानको स्वरमा देउडा गीत सार्वजनिक भएको छ।
बिहीबार हेमन्त शर्मा युट्युब च्यानलमार्फत ‘मायाले नै हो रैछ’ बोलको देउडा गीत सार्वजनिक गरिएको हो।
गायक शर्माले गीत मार्फत सुन्दर सुदुरपश्चिमको थोरै सुगन्ध आफ्ना श्रोतामा बाढ्न खोजेको बताए।
हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ती खड्काले संगीत भरेका छन्। निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा समारिका ढकाल र विजय पुनलाई देख्न सकिन्छ।
रूपेश थापाले छायांकन गरेको गीतको भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन्।