घनश्याम लामिछानेको निर्देशनमा फिल्म 'चित्रा' बन्ने भएको छ।
बिहीबार राम नवमीको अवसर पार्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
आगामी भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेता अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ। अन्य कलाकार छनोट हुन बाँकी छ।
पारिवारिक कथामा निर्माण हुने फिल्मको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ। फिल्मले एक अडिनरी बुवा र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए।
‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्म्स ब्यानरमा निर्माण हुनेछ। भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन्।
अजयको कथा रहने फिल्मको पटकथा तथा संवाद मनिष गौतमले तयार पारिरहेका छन्।
निर्देशक लामिछानेको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ। यो फिल्मको प्रदर्शनपछि ‘चित्रा’ छायांकनमा जाने तयारी भइरहेको छ। उनले यसअघि ‘धौली, पञ्चेबाजा, अग्नीदहन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।