अर्जुन कुमारको लगानीमा निर्माण हुने फिल्म 'फाटेको जुत्ता खै' छायांकनमा जाने तयारीमा छ।
यो फिल्म आगामी वैशाखदेखि छायांकनमा जानेछ।
अर्जुन कुमार, ठाकुरप्रसाद ढंगाना र धर्मराज अधिकारी मिलेर निर्माण गरिने भनिएको फिल्ममा निर्माताको रूपमा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिएका छन्। अर्जुन कुमारका अुनसार अष्ट्रेलियामा रिलिज अधिकार दिन सहमतिमा उनी निर्माताको रूपमा जोडिएका हुन्।
कार्कीले लामो समयदेखि अष्ट्रेलियामा नेपाली फिल्म वितरण गर्दै आइरहेका छन्। अष्ट्रेलियामा ‘प्रेम गीत ३’ पनि उनले वितरण गरेका हुन्।
निकेश खड्काले निर्देशन गर्ने फिल्ममा सौगात मल्ल र ऋचा शर्माले अभिनय रहनेछ। फिल्मको कथा आकाश बरालले तयार पारेका हुन्।
यो फिल्म आगामी कात्तिक २४ गतेदेखि प्रदर्शन गर्ने बताइएको छ।