१० वर्षपछि 'मंगोलियन हार्ट' ब्यान्डले अष्ट्रेलियामा कन्सर्ट गर्ने भएको छ।
नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने भएको हो।
अप्रिल १० बाट सांगीतिक यात्रा सुरू हुने ब्यान्डका व्यवस्थापक तथा गितारिस्ट बबि लामाले जानकारी दिए।
सांगीतिक यात्रा व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुत १० तारिखमा मेल्बर्नमा हुनेछ। त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट र ३० मा एडलेडमा पुगेर टुंगिनेछ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन् राजु लामा। ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
‘बाँदलपारीको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा’ लगायत मंगोलियन हार्टका चर्चित गीत हुन्।