यस वर्षको मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले ९ किताबको श्रेष्ठ सूची बनाएको छ। आइतबार विज्ञप्ती जारी गर्दै गुठीले मदन पुरस्कार २०७३ का लागि प्राप्त भएका १ सय ९५ किताबबाट ९ किताबलाई श्रेष्ठ सूचीमा राखेको जनाएको छ।
गुठीको श्रेष्ठ सूचीमा पुरुषोत्तमलोचन श्रेष्ठको
गुहा, गुहालेख, गुहाचित्र एंव अन्य सम्पदा, राज सरगमको
छाउघर, शरद पौडेलको
तपन, जय छाङ्छाको
दोहाको सिधा उडान र घनश्याम कँडेलको
धृतराष्ट्र परेका छन्। त्यस्तै हरि अधिकारीको
प्रतिनायक, सीमा आभासको
म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको
शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको
सगरमाथाको गहिराइ पनि सूचीमा अटाएका छन्।
गुठीले यही सूचीमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार २०७३ प्रदान गरिने जनाएको छ।