नेपालमै पहिलो पटक ‘रोड सेफ्टी फिल्म फेस्टिभल’ हुने भएको छ। आउँदो कात्तिक १७ र १८ गते (नोभेम्बर ३ र ४) नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को संयोजनमा उक्त फेस्टिभल हुने भएको हो।
यसको व्यवस्थापन फेस्टिभल स्वतन्त्रता अभियान नेपाल (एसएएन), रोड सेफ्टी फोरम नेपाल र नासा फाउण्डेसनले गर्नेछ।
रोड सेफ्टी फिल्म फेस्टिभलकी संयोजक नम्रता तुसुजु श्रेष्ठका अनुसार फेस्टिभलमा सडक सुरक्षा सम्बन्धी छोटो फिल्मको प्रतिस्पर्धाका साथै फिल्म निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल हुनेछ।
योबाहेक सडक र सवारी सुरक्षा सम्बन्धी गीत, संगीत र कला-साहित्य तथा वृत्तचित्र प्रर्दशनी गरिनेछ।
यसका लागि सेप्टेम्बर १५ भित्र आ–आफ्नो फिल्मको अवधारणा बुझाइसक्नु पर्ने आयोजकले जनाएको छ। छनोटमा परेका १० देखि १५ वटालाई प्रकृयामा सामेल गराइनेछ।
विभिन्न छलफल र निर्माणको चरण पार गरेका १० फिल्मलाई प्रतिष्पर्धामा समावेश गराइनेछ।