बीपी साहित्य सम्मान प्रा.डा. अभि सुवेदीले पाएका छन् ।
बुधबार बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना भएको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो सम्मान प्रदान गरेका हुन् ।
बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने यो सम्मान यस वर्ष सुवेदीलाई दिने निर्णय गरेको हो । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ छ ।