हे बरै
दसी धाराले नरोए आमा
देश बाँचे पठाम्ला तस्वीरै खिचेर ।
कस्तो छिमेकी पर्यो नि
विकास हुनै दिँदैन हजूर...।
हे बरै, हे बरै..
जनताले सोध्लान् नि खोई विकास भन्लान्
रनमा पर्यो भन्दिए।
बिपीले सोध्लान् नि खोई कांग्रेस भन्लान्
घेरामा पारे भन्दिए।
मदनले सोध्लान् खै जबज भन्लान्
प्रचण्डलाई सोध भन्दिए।
शहीदले सोध्लान् खै, माओवाद भन्लान्
टोपी झिक भन्दिए।
कमलले सोध्लान् नि, खै कोमल भन्लान्
ओलीले लगे भन्दिए।
करिश्माले सोध्लिन् खै, बाबुराम भन्लिन्
मोया मार भन्दिए।
हे बरै
तिलाठीको बजारैमा चार पैसाको ला छैन
जङ्गे पिलर वरवर सर्दा सरकारमा बस्नेलाई थाहा छैन
सिसै काटी नि गोलीले
गर्लान त केही प्रचण्ड ओलीले...।