तमिलनाडुको लोकतन्न्र खतरामा परेको र राज्यमा व्यापक भ्रष्टाचार बढेको आफूले कायर जसरी हेर्न नसकिने भन्दै राजनीतिक पार्टी खोलेर चुनावमा सहभागी हुने घोषणा गरेका रजनीकान्त तमिल फिल्मका बादशाह हुन्। उनको जतिको स्टारडम सायद कुने तमिल अभिनेताले कमाएका छन्। बस सह-चालकबाट फिल्मका सुपरस्टार बन्न पुगेका रजनीले राजनीतिमा फिल्मजस्तै कमाल गर्छन या गर्दैनन हेर्न बाँकी रहे पनि उको अभिनयको जादु तमिल फिल्ममा मात्र नभई भारतीय फिल्मको ग्लोबल अनुहार रहेको बलिउडमा समेत फैलिएको छ। ६७ वरको उमेरमा पनि आफ्नो फिल्मी सक्रियतालाई नघटाएका रजनीको ख्याती विश्वव्यापी छ। बलिउडमा उनीजतिको सफलता अन्य अभिनेताले पाएका छैनन्। बलिउड प्रवेश गरेका त्यस्ता केहि दक्षिण भारतिय फिल्म स्टारहरूको सूचि यस्तो छ :
रजनीकान्त:
दक्षिण भारतीय अभिनेता रजनीकान्तले सन् १९८३ मा फिल्म अन्धा कानुनबाट डेब्यु गरेका हुन्। उनले गिरफ्तार, दोस्ती दुश्मनी, गैर कानूनी, भ्रष्टाचार, भैरवी लगायतका फिल्ममा काम गरेका छन्।
श्रुति हसन
श्रुति हसनले फिल्म 'लकी'बाट बलिउडमा डेब्यु गरेकी हुन्। यसबाहेक उनले दिल तो बच्चा हे जी, रमैया वस्तावैया, गब्बर इज ब्याक, वेलकम ब्याक लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनको करियर बलिउडमा खास चम्कन सकेको छैन्।
धनुष
धनुषले सन् २००२ मा फिल्म ‘थुल्लुवधो ल्लामई’बाट डेब्यु गरेका हुन्। यस बाहेक उनले तिरुडा तिरुडी, देवाथायई कन्देन। मरयां, रांझना लगायतमा अभिनय गरेका छन्। 'रांझना'बाट बलिउड छिरेका धनुषले बलिउडमा सफल डेब्यू गरेपनि उनको दोस्रो बलिउड फिल्म 'शमिताभ' भने चल्न सकेन। उनको तेस्रो फिल्म आउने बारेमा कुन खबर सार्वजनिक भएको छैन्।
काजल अग्रवाल
सन् २००४ मा प्रदर्शनमा आएको फिल्म ‘क्यो हो गया ना’ बाट काजलले डेब्यु गरेकी हुन्। यो पश्चात उनी बलिउड फिल्म ‘स्पेशल २६’ मा देखा परिन्। यो फिल्म हिट भयो तर उनी फेरि दक्षिण भारतीय फिल्ममा नै देखा परिन्। उनले मागाधीरा, चन्दामामा, लगाएतका फिल्म खेलेकी छन्।
तमन्ना
तमन्नाले बलिउड फिल्म हिम्मतवालाबाट सन २०१३ मा डेब्यु गरेकी हुन्। उनले हमसकल, इन्टरटेनमेन्ट लगायतका फिल्ममा अभिनय गरेका छन्। यसबाहेक रेडी, पदिक्कादवन, बद्रीनाथ, वीरम लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय पनि गरेका छन्।
प्रकाश राज
प्रकाश राजले दक्षिण भारतीय फिल्ममा विभिन्न भुमिका निभाएका छन्। साथै, उनको बलिउड फिल्मको भुमिका पनि दर्शकले रुचाएका छन्। उनले मुथिना हारा, निष्कर्ष, प्रियम, दबंग २, जंजीर लगायतका फिल्ममा अभिनय गरेका छन्। उनी दक्षिण भारतिय फिल्म जस्तै बलिउडमा पनि खलनायकका रूपमा सफल बने।
रामचरण : अभिनेता चिरन्जीविका छोरा रामचरणको बलिउड डेब्यू भने विर्सनलायक रह्यो। 'मगधिरा'बाट सर्वाधिक सफलता र चर्चा बटुलेका रामचरणले अमिताभ बच्चनको सुपरहिट फिल्म 'जंजिर'को रिमेकमा प्रियंका चोपडासँग गरेको डेब्यू विर्सन लायक रह्यो।
आर माधवन : सन् २००१ मा 'रहेना हे तेरे दिलमे'बाट बलिउडमा डेब्यू गरेका माधवनले दर्जन बढी फिल्ममा काम गरेका छन्, जसमध्ये 'थ्री इडियट्स', 'रंग दे वसन्ती', 'गुरू', 'तनु वेड्स मनु' जस्ता सफल फिल्ममा काम गरेका छन्।
पृथ्विराज : उनले 'औरंगजेब', 'अइया' आदि बलिउड फिल्ममा काम गरेपनि खास सफलता हासिल गर्न असफल रहे।
सूर्या : 'सिंघम' फिल्म सिरिजका अभिनेता सूर्याले रामगोपाल निर्देशित 'रक्तचरित्र २'मा काम गरे तर फिल्मले खास सफलता हासिल गर्न सकेन। त्यसपछि उनले कुनै बलिउड फिल्ममा काम गरेका छैनन्।