मुम्बई अदालतले बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा बलिउड अभिनेता सिजर पञ्चोली विरूद्ध आरोप पत्र तय गरेको छ। न्यायाधिश के डी सिरबाटेले २७ वर्षे पञ्चोलीलाई भारतीय पेनड कोड ३०६ अन्तरगत आत्महत्याका लागि प्रेरित गरेको मुद्धा तय गरेका हुन्।
आरोपलाई पञ्चोलीले अस्विकार गर्दै आएका छन्। उक्त प्रकरणमा साक्षीहरूको बयान फेब्रुवरीबाट सुरू हुने उनका वकिल प्रशान्त पाटिलले जनाएका छन्।जिया अमिताभसँग 'निशब्द' फिल्मबाट डेब्यू भएपछि चर्चामा आएकी थिइन।
आत्महत्या गरेको दुई दिन अगाडीसम्म जिया पञ्चोलीको निवासमा बस्दै आइरहेकी थिइन। आत्महत्याको दिन उनी सुरजको घरबाट आफ्नो निवास फर्किएकी थिइन। सन् २०१३ मा घटेको यस घटनामा सुरजको संलग्नता थियो कि थिएन भन्ने पत्ता लगाउनका लागि उनको पोलिग्राफ परिक्षण हुनुपर्ने माग गरिदै आइएको छ जसलाई सुरजले अस्विकार गर्दै आइरहेको छन्।
जियाकी आमा राबियालेआफ्नी छोरीको आत्महत्या नभई हत्या भएको भन्दै सो घटनामा सिबिआइ जाँच हुनुपर्ने माग गरेकी थिइन । उनको माग पछी घटनाको जाँच सिबिआइले गर्दै आएको छ। सिबिआइ अनुशन्दानले घटनामा सत्यतथ्य लुकाइएको र जानकारी संशोधन गरिएको बताउँदै आएको छ।
सिबआइले घटनास्थलबाट प्राप्त जियाको तीन पाना लामो आत्महत्या पत्रमा उनी माथी शारिरिक शोषण, कुटपिटको साथमा भौतिक एवं मानसिक हिंसा भएको उल्लेख गरेकी छन्।
पत्रमा सुरजको नाम कतै उल्लेख नभएपनि घटनाक्रमले सो काममा सुरज संलग्न देखिएको सिबिआइको ठहर छ। सुरज बलिउड अभिनेता आदित्य पञ्चोली तथा अभिनेत्री जरिना ओहेबका छोरा हुन्। उनलाई सलमान खानले 'हिरो' फिल्मबाट बलिउडमा डेब्यू गराएका थिए।