इन्टरनेटमा एक भिडियो क्लिप्सबाट एकाएक भाइरल हुन पुगेकी सुन्दरी अभिनेत्री प्रिया प्रकाश अदालतको शरणमा पुगेकी छन्। उनी आफू विरूद्धको मुद्धाको खारेजी माग्दै सर्वोच्च अदालत पुगेकी हुन्। उनले अभिव्यक्ति तथा व्यवसायिक स्वतन्त्रताको कानुनी अधिकारको हवाला दिदैं आफू विरूद्ध दायर मुद्धा खारेज गर्न अदालत पुगेकी हुन्।
रिलिजको क्रममा रहेको उनी अभिनित फिल्ममा समाविष्ट 'ओरू अदार लभ' गीतको गलत अनुवादलाई आधार बनाएर केहि व्यक्तिले मुद्धा दर्ता गराएको दाबी गरेकी छन्। सो गीतमा इश्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनकी पत्नीको प्रेमप्रसँगलाई बयान गरिएको र त्यसो गर्नु इश्लाम विरूद्ध हुने दाबी गर्दै उनी सहित फिल्मका निर्माता-निर्देशकका विरूद्ध मुद्धा दर्ता गरिएको थियो। उनी विरूद्ध तेलङ्गना र मुम्बईमा मुद्धा दर्ता गरिएको छ।
फिल्म निर्माण पक्षले सो गीत मलयालम भाषाको लोकगीतमा आधारित गीत भएकाले मुद्धा हाल्नुको तुक नरहेको भन्दै आफ्नो बचाउमा उत्रिएका छन्। उनीहरूले सो गीत मल्याली मानिसहरूले विवाह समारोहमा गाइने गीत रहेको दाबी गर्दे आएका छन् र मुद्धा मल्यालम संस्कृति नबुझी नगरिएको उनीहरूको तर्क छ।
हेर्नुस् विवादित गीत:
https://www.youtube.com/watch?v=W0fKl43QmIE