सन् २०१२ मा 'इश्कजादे' फिल्मबाट पर्दमा पहिलोपटक एकसाथ अर्जुन कपुर तथा परिणिति चोपषाको जोडी ६ वर्षपछि फेरि एकसाथी जोडी बनेर आउने भएका छन्। उनीहरू 'नमस्ते इङ्ल्यान्ड'बाट फेरि पर्दामा जोडी बनेर आउन थालेका हुन्।
फिल्मको सुटिङ भोलिबाट सुरू हुँदैछ। फिल्ममा विपुल अमृत लाल शाहको निर्देशन हुनेछ। उनीहरूको जोडी 'इश्कजादें'मा जस्दै मनपराइने अपेक्षा लिइएको छ। वक्सअफिसमा यी दुबै कलाकारको फिल्मले गतिलो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा यस फिल्मबाटट उनीहरू आफ्नो गुमेको साख पुन: फर्काउने अनुमान गरिएको छ।