मिश्रित प्रतिक्रियाका बाबजुत करन जौहरले निर्माण गरेको'धडक'ले वक्सअफिसमा राम्रो कमाइ गरेको छ। शं
शाक खेतान निर्देशित तथा श्रीदेवीकी छोरी जान्हवी कपुर तथा शाहिद कपुरका भाइ इशान खट्टरको डेब्यू सिनेमाले रिलिजको पाँच दिनमा ४३.९५ करोड भारतीय रूपयाँ कमाइ गर्न सफल भएको छ।
फिल्मको पहिलो साताको कमाई ५० करोड पुग्ने अनुमान गरिएको छ। 'धडक' सुपरहिट मराठी फिल्म 'सैराट'को हिन्दी रिमेक हो । 'सैराट'ले १०० करोड भारू बढिको कमाइ गर्ने सफल भएको थियो।